खोका, छाप्रा´ ५ दिनभित्र व्यवस्थित गर्न महाकाली नगरको ताकेता

खाेप
HEALTH
Susite

दार्चुला – महाकाली नगरपालिकाले वडा नम्बर ४ र ५ को बजार क्षेत्रमा सडक साघुँरिने गरी निर्माण गरिएका खोका तथा छाप्रा व्यवस्थित गर्न ताकेता गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै ५ दिनभित्र बजार क्षेत्रमा अव्यवस्थित रुपमा संचालनमा रहेका खोका, छाप्राका साथै पसल बाहिर सडक किनाराको व्यापार व्यवस्थित गर्न सूचित गरेको हो । पसल बाहिर सडक किनारामा व्यवसाय संचालन गर्दा मानिसहरुको आवतजावत तथा साना सवारी एम्बुलेन्स र मोटरसाइकल आदि संचालनमा समस्या उत्पन्न भएकाले ५ दिनभित्र व्यवस्थित गर्न भनिएको छ । यदि निर्धारित समयभित्र व्यवस्थित कार्य नगरेमा वा सूचनाको अवज्ञा गरेमा कारबाही हुने नगरपालिकाले जनाएको छ ।

महाकाली नगरपालिकाले सोमवारदेखि नगर प्रहरी बजार क्षेत्रमा खटाइ सडक मिचेर व्यवसाय संचालन गरिरहेकाहरुलाई सामान व्यवस्थित गर्न अह्राउने तथा अटेरी गर्नेको सामान जफत गर्न सुरु गरेको छ । सोमवार र मंगलवार नगर प्रहरी बजार क्षेत्र खटिएको छ ।
खलंगा बजार क्षेत्रमा अव्यवस्थित रुपमा सडक बाटोघाटो साघुरिने गरि व्यापार व्यवसाय संचालन भइरहेको छ । यस्तै घरका छतहरुको पानीका नाला सडकमा आउने गरी निर्माण गरिएको छ ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.