सीमा नदी महाकालीमा र्‍याफ्टिङ सुरु

दार्चुला – नेपाल-भारत सीमा भएर बग्ने महाकाली नदीमा जलयात्रा (र्‍याफ्टिङ) सुरु गरिएको छ । बुधवार भारतको मैसर्स स्नो ट्राउट एडभेन्चर टिमको आयोजनामा पिथौरागढ जिल्लाको जोलजिवीबाट जलयात्रा सुरु गरिएको हो ।

महाकाली नदीमा जलयात्राको सम्भावना र पर्यटकको आवागमनलाई ध्यान दिदै जलयात्रा सुरु गरिएको जनाइएको छ । मार्च ६ देखि १२ तारिखसम्म सन्चालन हुने जलयात्रा बैतडी जिल्लाको पन्चेश्वरसम्म पुग्नेछ ।

Leave A Reply

Your email address will not be published.