दार्चुला– जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ रिङ्नेतालमा जीप सडक नालीमा खसेको छ। बिहिबार दिउँसो ४ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८८ नम्बरको जीप रिङनेतालस्थित ओरालो सडक नालीमा खसेको हो ।
चालक सन्तोष बोहराले चलाएको जीप नालीमा खसेपछि सहचालक शन्तोष सिंह ठगुन्ना सामान्य घाइते भएका छन् । उनको टाउकोमा सानो चोट रहेको बताइएको छ । ब्रेक फेल हुँदा जीप अनियंत्रित हुँदा नालीमा खसेको प्रहरीले जनाएको छ ।