गोकुलेश्वर  सांस्कृतिक महोत्सवको आज दोस्रो दिन

दार्चुला– वाइड नेपालले आयोजना गरेको गोकुलेश्वर  वृहत सांस्कृतिक महोत्सवको दोस्रोे दिन  शनिबार वरिष्ठ देउडा कलाकार महेश कुमार औजी, हाँस्यकलाकार तथा क्यारिकेजर प्रेम पौडेल, कलाकार झरना बोहोरा, नव देउडा कलाकार दिपक राज जोशी , कलाकार प्रेम ओड (डडेल्धुराको ट्यापे) लगाएत स्थानिय कलाकारहरुको  प्रस्तुति रहेको थियो। कलाकारहरुलाई मायाको चिनो चोया छाप्रा मायाको चिनो प्रदान गरिएको छ।

डिलाशैनी गाउँपालिका का अध्यक्ष सन्तोश जोशी र गाउँपालिका प्रवक्ता यज्ञराज भटृ यदु पुर्चौडि नगर पालिका नगर उप प्रमुख मिना धानुक, दशरथचन्द नगर पालिका प्रवक्ता अजब पाण्डेयको सहभागिता रहेको थियो भोली चक्र बम, सौगात ओझा लगायतका कलाकार थपिने गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव २०८० का संयोजक पुर्ण बहादुर साउदले बताए ।

Leave A Reply

Your email address will not be published.