जलेर गम्भिर घाईते शैल्यशिखरकी बिष्टको उपचारमा समस्या, सहयोगको अपिल

दार्चुला– जिल्लाको शैल्यशिखर नगरपालिका–९ नकतडकी ५० वर्षीया जानकी बिष्टको उपचारमा समस्या भएको छ । खाना पकाउने क्रममा कपडाबाट आगो सल्कीदा गम्भिर घाईते भएकी बिष्टको गोकुलेश्वर अस्पतालमा उपचार सम्भब नभएपछि अन्यत्र लैजान अस्पतालले निर्देशन दिएको छ । । बिष्ट परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएको हो ।

उपचारमा समस्या भएकाले आर्थिक सहयोग गरिदिन सबैलाई घाईते बिष्टका छोरा करन बिष्टले अपिल गरेका छन् ।

उनले भने, ‘हाम्रो आर्थिक अवस्था निकै कमजोर छ । हामीले विभिन्न माध्यमबाट र गाउँघरबाट सहयोग उठाइरहेका छौँ । थप उपचारका लागि आवश्यक सहयोग गरिदिन सबैलाई आग्रह छ ।’ घाइते विष्टका श्रीमान् दमका बिरामी हुन् ।

उनका एक छोरा र एक छोरी छन् । छोरीको बिहे भइसकेको र छोरा पनि बिरामी रहेको उनले बताए । थप उपचारका लागि आवश्यक आर्थिक सहयोग गरिदिन पनि परिवारले आग्रह गरेको छ ।

सहयोग गर्न चाहनेहरूले छोरा जगदीश विष्टको नाम रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकमा रहेको खाता नम्बर १३००५०८००२८९७ बाट गर्न सक्नेछन् । घाइते विष्टलाई गोकुलेश्वर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको छ ।

Leave A Reply

Your email address will not be published.