दार्चुलाको लेकममा जीप दुर्घटना

दार्चुला– दार्चुलाको लेकम गाउँपालिका– ५ चौपाता दमसैनामा जीप दुर्घटना भएको छ । ऐरीछाना रिठाचौपाता धनथला सडकखण्ड अन्तरगत दमशैना भन्ने ठाउँमा लेकम ५ पीड अम्कुरका लबबहादुर बोहराको सुपप्र ०१००१ ज १४८९ नम्बरको जीप दुर्घटना भएको हो ।

आज दिउँसो १२ बजेको समयमा जीप दुर्घटना हुँदा धनबहादुर बोहरा सामान्य घाइते भएको बताइएको छ ।सडकबाट करिब ९० मिटर तल खसेको जीप भने क्षतिग्रस्त भएको छ । जीपले बिरे गिरीको भान्सामा समेत क्षति पुगेको छ ।

Leave A Reply

Your email address will not be published.