दार्चुला– दार्चुला सदरमुकाम खंलगास्थित नेपाल–भारत अन्तराष्ट्रिय जोड्ने झोलुङ्गे पुल आईतबार (भोली) बिहान ९ः१५देखि दिउँसो १ बजेसम्म बन्द हुने भएको छ ।
पुलको मर्मत कार्य गर्नुपर्ने भएकाले पुल बन्द गरिन लागिएको जनाएको छ। बन्द भएको समयमा आवत–जावत पुर्णरुपमा बन्द हुने जनाएको छ ।
झोलुङगे पुललाई मर्मत गर्नु पर्ने भएकाले बन्द गर्न भारतीय पक्षबाट जानकारी आएकाले उक्त पुल ४ घण्टाका लागि बन्द गरिन लागिएको हाे ।