बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलका पूर्व फुटबलर रोबिन्हो पक्राउ

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलका पूर्व फुटबलर रोबिन्हो पक्राउ परेका छन्।

इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा मिलानको नाइट क्लबमा अल्बानियाकी एक महिलामाथि बलात्कारको आरोप लागेको थियो।

दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो। ब्राजिलमा रहेका रोबिन्होलाई इटालीको अदालतले ब्राजिलमै राखेर फैसला कार्यान्वयन गर्न भनेको थियो। त्यसयता रोबिन्होलाई उनकै घरमै नजरबन्दमा राखिएको थियो।

बुधबार ब्राजिलको अदालतले उनलाई हाउस अरेस्टको सट्टा जेलमा राख्न आदेश गरेको थियो।

उक्त आदेशविरूद्ध रोबिन्होका वकिलहरूले सर्वोच्चमा अपिल गर्दै उनलाई जेल नलैजान माग गरेका थिए। तर, बिहीबार नै सर्वोच्च अदालतले उक्त मागलाई अस्वीकार गरेको थियो। त्यसपछि प्रहरीले सान्तोस्थित उनकै घरबाट रोबिन्होलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रसिद्धी र सम्पत्तिका कारण रोबिन्होमाथि कारबाही नहुन सक्ने डरकाबीच अदालतको उक्त आदेशलाई त्यहाँका नागरिकहरूले प्रशंसा र स्वागत गरेको बिबिसीले उल्लेख गरेको छ।

Leave A Reply

Your email address will not be published.