ब्रह्मदेव होली कमिटिद्धारा बिरामी बमलाई २८ हजार पाँच सय उपचार खर्च सहयोग

दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिका–३ स्थित ब्रह्मदेव होली कमिटीले बिरामी भइ उपचारत रहेका गणेश बहादुर बमलाई आर्थिक सहयोग गरेको छ ।

होली खेली संकलन गरिएको २८ हजार ५ सय रुपैयाँ काठमाडौँको मल्टिस्पेसीलिटी अस्पतालमा उपचार गराइरहेका दुहुँ गाउँपालिका–३ का बमलाई सहयोग गरिएको हो ।

ब्रह्मदेवका स्थानीयहरुले होली खेली संकलन गरेको रुपैयाँ बमको उपचारमा सहयोग पुगोस भनेर सहयोग गरेको स्थानीय सन्तोष बमले बताए । गणेश बहादुर बमको रगत परीक्षणमा मल्टी म्येलोमा डाइगनोज देखिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.