दार्चुला– दार्चुलामा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । लेकम गाउँपालिका–३ मकन्नाकी ३६ वर्षीया हरिना देवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।
शनिवारदेखि सुत्केरी व्यथा लागेर लाली स्वास्थ्य चौकीमा भर्ना भएकी जोशीलाई उच्च रक्तस्रावको समस्या देखिएपछि थप उपचारका लागि आज बिहान साढे ९ बजेतिर हेलिकप्टरमार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिए । उनलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।