काठमाडौं – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रबार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परि दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रबक्ता एंव प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए। मृत्यु हुनेमा ट्याक्टर चालक ठेगाना खुल्न बाँकी रहेका राजेश चौधरी र पाटन नगरपालिका वडा नं १० पनालीका मन्धिर विष्ट रहेका पाटन नगरपालिका वडा नं ८ का वाड अध्यक्ष हरिश विष्टले बताए ।
ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता केसिले बताए ।