गृह सचिवसहित तीन सुरक्षा प्रमुखहरु दार्चुला भ्रमणमा निस्कदै, तिंकरसम्मै पुग्ने

दार्चुला : गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा प्रमुखहरुले दार्चुला भ्रमण गर्ने भएका छन् । त्रिदेशीय सीमा क्षेत्रकोे जिल्लाको भ्रमणमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रमुख, आइजीपी बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख, आइजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, आइजीपी हुतराज थापा आउन लागेका हुन् ।

यिनीहरुको टोली सोमवार धनगढी पुगेको र मंगलवार बिहानै दार्चुला पुग्ने सुरक्षा स्रोतले बताएको छ । सचिवसहितको सुरक्षा प्रमुख टोली बिहान हेलिकप्टरबाट खलंगा दार्चुला अवतरण गरी व्याँस क्षेत्र प्रस्थान गर्ने कार्यसूची छ ।

व्याँस गाउँपालिका–१ तिंकरमा स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी भवन निरीक्षण अनुगमन गरिने सशस्त्र प्रहरी सुरक्षा स्रोतले जनाएको छ । वडा नम्बर १ कै छाङ्रुस्थित नम्बर ५० गुल्मको अनुगमन गरी जिल्ला सदरमुकाम खलंगा फर्कने कार्यतालिका रहेको छ ।

Leave A Reply

Your email address will not be published.