प्रथम मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा याेग प्रशिक्षण शिविर संञ्चालन

दार्चुला – प्रथम मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा आवासिय योग प्रशिक्षण शिविर सञ्चालन गरिएको छ ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुनमा शनिबार योग प्रशिक्षण शिविरको उद्धघाटन गरिएको हो । शनिबारदेखि योग शिविर सञ्चालन गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताए ।

योग शिविरमा प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशी जिल्ला प्रहरी कार्यालयका प्रमुख, शस्त्र प्रहरीका प्रमुख लगायतकाे उपस्थितिमा आध्यात्मिक सम्मेलन तथा आवासिय योग प्रशिक्षण शिविरको उद्धघाटन गरिएको हो । यस्तै जिल्ला समन्वय प्रमुख महादेव बडु (कस्यब) शैल्यशिखर नगरपालिका प्रमुख बिजय सिंह धामी लगायतको सहभागीता रहेको थियो। नेपाल राष्ट्रका प्रथम जगतगुरु पनि दिउँसो कार्यक्रममा सहभागी भएर प्रबचन दिएका थिए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.