दार्चुला– गएराती परेको पानीको कारण महाकाली लोकमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।दार्चुलाको शैल्यसिखर नगरपालिकाको वडा नम्बर ६ पनेबाजँ र तेर्छालेक क्षेत्रको चार ठाउँमा माथीबाट पहिरो खसेर सडक अबरुद्ध भएको छ। स्थानिय बिक्रम सिंह धामीका अनुसार राती १० बजे बाट भीषण पानी परेपछि लोकमार्ग अबरुद्ध भएको हो ।
मङ्गलबार राती देखी निरन्तर पानी परिरहेको हुदा अबरुद्ध सडक खुलाउन समस्या परेको छ। पानी पर्न रोकिएपछी मात्र अबरुद्ध सडक खुलाउन सकिने सडक बिभागका सुपरभाइजर राजेन्द्र सिंह धामीले बताए।
ठाउँठाउँमा सडक अवरुद्ध हुदा छोटो तथा लामो दुरीका सवारी साधनहरुसमेत पनेबाज र तेर्छालेक क्षेत्रमा रोकिएका छन। । पानी पर्न रोकिएपछि राजधानी कन्ट्रक्सनको जेसीबी लगाएर अबरुद्ध सडक खुलाइने मालिकार्जुन प्रहरीचौकी का प्रहरी हवल्दार ईस्वर बहादुर थापाले बताए।