दार्चुला– महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडकखण्ड ११ घण्टा पछि पुनः सञ्चालनमा आएको छ ।शैल्यशिखर नगरपालिकाको वडा नम्बर–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा मङ्गलबार राती १० बजेबाट सडक अबरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । राजधानी कन्ट्रक्सन र रोयल निर्माण सेवाका २ जेसीबी पहिरो सफाई गरेको थियो