विजया दशमीले नयाँ उत्साह थप्नेछ : राष्ट्रपति भण्डारी

दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा देशविदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले विजया दशमीले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको हो।

उहाँले कोरोना महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैँ पर्व मनाउनका लागि पनि सबैमा आग्रह पनि गर्नुभएको छ।

दशैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै उहाँले नकारात्मक प्रवृत्तिका विरुद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमी पर्वको विशेष महत्त्व रहेको जनाउनुभएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.