असार १ गतेदेखि सुदूरश्चिम यातायातले धनगढी–दार्चुला दिवा बस सेवा संञ्चालन गर्दै

दार्चुला– सुदूरपश्चिम प्रदेशको दार्चुला–धनगढी दिवा बस सेवा पनि संचालन गरिने भएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.ले आगामी असार १ गते देखी धनगढी–दार्चुला दिवा बस सेवा सुरु गर्न लागेको हो ।

यसअघि रात्रि सेवा मात्रै संचालन गरेको सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.ले असार १ गते देखी दिवा सेवा पनि सुरु गर्ने सुदूरपश्चिम यातायात प्रा.लि. दार्चुलाका इन्चार्ज बिरेन्द्र बहादुर कुवरले जनाकारी दिए।

प्रा.लि.ले असार १ गते देखी दार्चुलाबाट बिहान ६ बजे धनगढीका लागि र धनगढीबाट दार्चुलाका लागि बिहान ५ः३० बजे बस छुट्ने कुँवरले बताए। धनगढी जानुपर्ने यात्रुहरुले महेन्द्रनगरको बसमा जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रा.लि.ले दिवा बस सेवा सुचारु गर्न लागेको बताइएको छ ।

साथै प्रा.लि.ले धनगढीबाट दार्चुलाका लागि छुट्ने बसको समयलाई परिवर्तन गरेर बेलुकी ३ बजे पु¥याएको छ । यसअघि दिउँसो १ बजे छुट्ने बसको समयलाई परिवर्तन गरी बेलुकी ३ बजे राखिएको कुँवरले बताए।

दार्चुलाबाट भने धनगढीका लागि रात्रि सेवाको बस बेलुकी ३ बजे नै छुट्ने बताइएको छ । यात्रुहरुले सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.लाई कुनै सुझाव, गुनासा र सोधपुछ गर्नुपरेमा दार्चुला बसपार्कका लागि सम्पर्क नम्बर  9848883190 र धनगढीका लागि 9848486702 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.