दार्चुलाको एक गोदामबाट १ लाखबढीको अबैंध सामान बरामद

दार्चुला– दार्चुलाको एक गोदामबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

दार्चुलाको महाकाली नगरपालिका–४ खंलगा स्थित तिंकर सडक खण्डमा रहेको धन लक्ष्मी स्टोर एण्ड सप्लायर्सको गोदामबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३ हजार ७५ मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त गोदामबाट चिनी, मैदा, आटा, चामल, पशु आहार लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेका अबैध सामानसहित गोदाम सञ्चालक व्यास गाउँपालिका–६ बस्ने तोयराज भट्टलाई नियन्त्रणमा लिएको छ। भट्टसहित नियन्त्रणमा लिएको सामानलाई भन्सार कार्यालय दार्चुलामा बुझाएको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.