बंगलादेशविरुद्धको खेलमा अष्ट्रेलिया २८ रनले विजयी

काठमाडौं– आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एट चरणमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको छ । पानी परेर खेल अबरुद्ध भएपछि डीएलएस मेथडका आधारमा अष्ट्रेलिया विजयी भएको हो ।

यसअघि भएको सुपर एटको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । भारत र पाकिस्तानले समान २–२ अंक जोडेका छन् ।

अष्ट्रेलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनाएको थियो । अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याइरहेका बेला ११.२ ओभरमा पानी परेर खेल प्रभावित भएको थियो । त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो ।

वर्षा नरोकिएपछि डकवर्थ एण्ड लुइस ९डीएलएस० मेथडको आधारमा अष्ट्रेलियालाई २८ रनले विजयी घोषणा गरिएको हो ।

Leave A Reply

Your email address will not be published.