एसइईको नतिजा बिहीबार बिहान प्रकाशन हुने

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्राविधिक तयारी नपुग्दा बुधबार नतिजा प्रकाशन गर्न नसकिएको हो।

बुधबार दिउँसो १ बजेट परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा सानोठिमीस्थित बोर्डको कार्यालयमा बोर्ड बैठक बसेको थियो। बैठकले बुधबार प्रकाशन गर्दा रात पर्ने भएकाले बिहीबार बिहान नतिजा प्रकाशन गर्ने निचोड निकालेको हो।

‘सबैजसो तयारी भइसक्यो, अब प्रोसेसिङको काम मात्रै बाँकी छ। सिस्टममा प्रोसेसिङ गर्दा ४–५ घण्टा लाग्ने रहेछ,’ बोर्ड अध्यक्ष शर्माले भने, ‘आजै प्रकाशन गर्दा राती ८–९ बज्ने भयो, त्यसैले भोलि विहानै नतिजा प्रकाशन गर्छौं।’

उनका अनुसार बोर्डले यसपटकदेखि रातीको समयमा नजिता प्रकाशन नगर्ने निणर्य पनि गरेको छ। १५ चैत्रदेखि २७ चैत्रसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए।

बोर्डले नतिजामा यसपटक फरक मापदण्ड तय गरेको छ। कुनै पनि विषयमा उत्तिर्ण हुन कम्तिमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बताइएको छ। प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ।

बोर्डका अध्यक्ष शर्माका अनुसार प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तिर्ण हुनुपर्नेछ। अन्यथा अनुर्तिण भएको विषयमा विद्यार्थीले पुरक परीक्षा दिनुपर्ने छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.