दार्चुलाको हिमाली क्षेत्रमा यो वर्ष कम यार्सागुम्बा सङ्कलन

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा यो वर्ष तुलनात्मक रूपमा कम मात्रामा यार्सा सङ्कलन भएको छ । यसवर्ष यार्सागुम्बा सङ्कलनका लागि लेक पुगेका यार्सा पाउन छोडेपछि अहिले धमाधम घर फर्किनसमेत शुरु गरेका छन् । गएको बैशाख अन्तिम हप्तादेखि लेक गएका यार्सा सङ्कलक यतिबेला घर फर्किने क्रम बढेको स्थानीयहरुले बताएका छन् ।

विगतका वर्षमा प्रर्याप्त मात्रामा अपि हिमाल गाउँपालिकाका पाटन क्षेत्रमा हिमपात र पानी पर्ने भएकाले यार्सागुम्बा पाइने गरेकोमा यो वर्ष हिमपात र पानी नपरेका कारण यार्सागुम्बा सङ्कलन न्युन मात्रामा भएको अपी हिमाल गाउँपालिका वडा ३ का स्थानीय निर्मला कार्कीले बताए । विगतका वर्षमा परिवारबाट एक्लै यार्सागुम्बा सङ्कलनका लागि गए पनि यार्सागुम्बा विक्रीबाट एक लाख रुपैयाँभन्दा धेरै कमाउने गरेको भए पनि यो वर्ष हिमपात र पानी नपरेका कारण सोचेजति यार्सागुम्बा सङ्कलन नभएको उहाँले बताए । रासस

Leave A Reply

Your email address will not be published.