मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले वस्ती जोखिममा परेका ९२ जनाले घर छाडे

खाेप
HEALTH

दार्चुला– दार्चुलामा बाढीले वस्ती जोखिममा पारेपछि ९२ जनाले आफ्नो घर छाडेका छन्। जिल्लाको मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन्। लगातारको वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन्।

Susite

असार तेस्रो साताको अन्त्यतिर आएको वर्षाको भलले गन्याड खोलामा बाढी आउन सुरु भएको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले बताए। गन्याड दलित बस्तीका ५ परिवार र बाँकी परिवार मर्मती बस्तीका विस्थापितमा परेको उनले बताए। बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाले जनाएको छ।

आत्महत्या

गाउँपालिका–४ र ५ का १६ घर गन्याड खोलाको बाढीको जोखिममा परेपछि मर्मती क्षेत्रका १४ घरधुरीका ४३ महिला र ४९ पुरुष गरी ९२ जनालाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिह धामीले बताए। अहिले उनीहरुको स्थानीय विद्यालयमा स्तान्तरण गरिएको छ। बाढीको जोखिमको डरले विस्थापित परिवारहरुलाई हटिनाथ आधारभुत विद्यालय र सुर्यदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.