शैल्यशिखरको– १ को कार्यालयले वडाकै खर्चले एम्बुलेन्स किन्ने

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नं. १ ले आफ्नै पैसाबाट एम्बुलेन्स किन्ने भएको छ । शैल्यशिखर नगरपालिकाको वडा नं. १ कार्यालय बलाँचले यस आर्थिक वर्ष आफ्नो वडामा आउने बजेटबाट अन्य योजना कटाएर जनताको लागि एम्बुलेन्स किन्ने निर्णय गरेको हो ।

बुधबार शैल्यशिखर नगरपलिका वडा नं. १ का वडाध्यक्ष भरतबहादुर खडायतको अध्यक्षतामा बसेको वडा समितिको बैठकले वडा नं. एक बलाँचका लागि एम्बुलेन्स खरिद गर्न २० लाख रुपैयाँ विनियोजन गरेको छ। वडाध्यक्ष खडायतले वडाका केही अतिआवश्यक योजनाबाहेक अन्य योजना काटेर वडाको आफ्नो छुट्टै एम्बुलेन्स किन्ने निर्णय गरेको वडाध्यक्ष भरत बहादुर खडायतले बताए ।

‘सर्वसाधारणलाई एम्बुलेन्स नहुँदा समस्या भोग्नु परेको छ । यसैले वडाबाट अन्य खर्च कटौती गरेर भएपनि सर्वसाधारणका लागि एम्बुलेन्स किन्ने नियर्ण गरेको वडाध्यक्ष खडायतले भने’ यस्तै समौजी मन्दीर निमार्णको लागि ४ लाख, लटिनाथ मन्दिर प्लास्टर गर्न १ लाख, दमाई टोल मन्दिर प्लास्टर गर्न १ लाख, स्वरोजगार कार्यक्रमका लागि सिमेन्ट तथा आवश्यक खरिदका लागि ५ लाख , कृषी बिउबिजन खरिद् गर्न २ लाख, पशुसेवा औषधी खरिदका लागि १ लाख, विद्यालयहरुमा भान्सा कोठा निमार्ण साझेदारी कार्यक्रम ३ लाख शैल्यशिखर वडा नं. एक भित्रका विद्यालयहरुका लागि हाजिरी जफब प्रतियोगिताका लागि १ लाख ,विपद् व्यवस्थापन तथा आर्थिक सहायता १ लाख, लगायत अन्य योजनाहरुमा पनि वडाले बजेट छुट्याएको वडाध्यक्ष खडायतले बताए ।

Leave A Reply

Your email address will not be published.