काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे-७ जहाज दुर्घटनामा परेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, आज मिति २०८१/०४/०९ गते तद्नुसार २४ जुलाई २०२४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे-७ (९एन-एएमई) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११स्११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।
त्यस्तै प्राधिकरणले तत्कालै उद्धार कार्य सुरु गरी १ जना घाइतेलाई अस्पताल पुर्याइएको जनाएको छ । जहाजका चालक मनिषरत्न शाक्यको उद्धार गरी केएमसी शिक्षण अस्पताल लगिएको छ । क्यानको विज्ञप्तिमा अगाडि भनिएको छ, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको जानकारी गराइन्छ ।