Suvakamana

बैतडीका धामी २२ लाख भारु बोकेर नेपाल छिर्न खोज्दा भारतीय प्रहरीको फन्दा

Lekam

काठमाडौं– भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँसहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ।

Division

दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रकाश धामीलाई स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

बिहीबार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीएहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.