दार्चुला– दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् ।
शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की अन्दाजी २२ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवरले नदीमा हामफालेकी हुन् ।
धनिसाको खोजी कार्य भईरहेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुका सुचना अधिकारी सिंहले बताए । कुँवरले महाकाली नदीमा हाम फल्दै गरेको भिडियो यतिबेला सामाजिक संञ्जालतिर भाईरल बनिरहेको छ । बेपत्ता कुँवरको खोजी कार्य जारी रहेकोे प्रहरीले जनाएको छ ।