दार्चुला– दार्चुलामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। दार्चुलाको शैल्यशिखर नगरपालिका नम्बर ६ धौखानी बस्ने अन्दाजी ६० वर्षीया लाटी धामी आइतरबार साझँ घर नजिकैको आरुको रुखमा झुण्डिएको अवस्था मृत फेला परेकी हुन् ।
आईतबार (हिजो) साँझ झुण्डिएको भएपनि बिहान मात्रै स्थानीयहरुले घर नजिकैको आरुको रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।