कञ्चनपुरमा आतंक मच्चाउने नरभक्षी बाघ नियन्त्रणमा

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ। बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिइएको हो।
नेपाल आर्मीका मेजर नवीन बोहराका अनुसार नियन्त्रणमा लिइएको उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ। बिहीबार मात्रै सो बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो। धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.