काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।
६ वैशाखमा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका सोडारीले अल्पमतमा परेको ३०औं दिनमा राजीनामा दिएका हुन् ।