नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ७० हजार, बालकभन्दा बालिका ३ लाख ५९ हजारले कम
काठमाडौं– नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ ।
जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो ।
जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ जना रहेको छ । बालबालिकामध्ये बालकको संख्या धेरै देखिएको छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छन् ।