दार्चुलामा दुई वडाध्यक्षसहित ६ जना जुवाडे पक्राउ

दार्चुला – दार्चुलामा जुवाखालबाट दुई वडाध्यक्षसहित ६ जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, दुहुँ गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खलंगा तिंकरखेडामा रहेको बडाल फास्टफुडको चौथो तल्लाबाट उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन सिंह महरा, नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देबराम पार्की, निरज धामी, नौगाड गाउँपालिका वडा नम्बर १ का जनक ठेकरे र होटल संचालक जनक बडाल रहेका छन्।

प्रहरीले पक्राउ गरिएको स्थानबाट १ लाख २४ हजार ८८० नगद र २ गड्डी तास बरामद गरेको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखी कानूनी कारबाही अगाडि बढाइएको जनाइएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.