माओवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा गितादेवी माल नियुक्त

काठमाडौं– सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा गितादेवी माललाई नियुक्त गरिएको छ। संसदीय दलका नेता मानबहादुर धामी (सन्तोष) ले माललाई नियुक्त गरिएको जानकारी दिए।

उनका अनुसार यस अगाडि प्रमुख सचेतक नियुक्त गरिएकोमा अहिले उनलाई नियुक्त गरिएको हो। माल पूर्वमन्त्री समेत हुन्। उनी तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बनेकी थिइन्। उनी डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य हुन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.