Suvakamana

मानव बेचबिखनको आरोपमा पूर्वमन्त्रीका सल्लाहकार पक्राउ

Lekam

काठमाडौं– जनमत पार्टीबाट सामान्य प्रशासनमन्त्री बनेकी अनितादेवीका राजनीतिक सल्लाहकार भइसकेका झापाका बुद्धिराज न्यौपाने मानव तस्करीको आरोपमा पक्राउ परेका छन् ।

झापाको कमल गाउँपालिका वडा नम्बर १ घर भएका न्यौपानेलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका(७ गौरीघाटबाट सोमबार पक्राउ गरिएको हो । नेपाली कांग्रेस कमल गाउँपालिकाको सभापति भएका न्यौपाने पार्टीले कारबाही गरेपछि जनमत पार्टीमा लागेका थिए । जनमत पार्टीमा लागेको छोटो समयमै उनी अनितादेवीको राजनीतिक सल्लाहकारमा नियुक्ति भएका थिए ।

न्यौपानेले मौरिससमा मासिक ७० हजार रूपैयाँ कमाइ र ग्रीन कार्डको लोभ देखाएर एक युवतीलाई विदेश पठाएका थिए । उनले ती युवतीसँग मौरिसस पठाएबापत २ लाख ५० हजार रूपैयाँ लिएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए । मिश्रका अनुसार न्यौपानेले माघ १३ गते ती युवतीलाई भारतको बाटो हुँदै मौरिसस उडाएका थिए ।

Division

मौरिसस गएपछि ग्रिन कार्डसमेत बनाइदिने आश्वासन दिएका न्यौपानेले ती युवतीलाई मौरिससका एक नागरिकलाई बेचेको खुलेको छ । ती युवतीलाई मौरिससमा एक घरमा घरेलु कामदारको रूपमा पठाएको अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार घरधनीले मानसिक र शारीरिक यातना दिएपछि उनी भागेर पोर्चुगल पुगेकी थिइन् ।

पोर्चुगलमा रहेका नेपालीको सहयोगमा नेपाल फर्किएकी ती युवतीको किटानी जाहेरीका आधारमा न्यौपानेलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक मिश्रले बताए । युवती असार २० गते नेपाल आएसँगै उनले ब्युरोमा जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका न्यौपानेले कांग्रेस नेता कृष्ण सिटौलाको सचिवालयमा बसेर समेत काम गरेका थिए । सिटौला गृहमन्त्री हुँदा उनी स्वकीय सचिवसमेत भएको झापाका कांग्रेस नेताहरू बताउँछन् । उनले सिटौलाको सचिवालयमा बसेर काम गर्दा समेत गैरकानूनी काम गर्न थालेपछि सचिवालयबाट हटाइएको थियो । न्यौपानेलाई सचिवालयबाट हटाइए पनि उनी काङ्ग्रेसको राजनीतिमा भने सक्रिय थिए ।

उनले कमल गाउँपालिकाको सभापतिका लागि भएको निर्वाचनमा खगेन भण्डारी र उनको बराबरी मत आएको थियो । आधा-आधा कार्यकाल बाँड्ने सहमतिअनुसार उनी सभापति भए । स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवार हुकुमसिंह राईलाई असहयोग गरेको अभियोगमा उनलाई कांग्रेसले कारबाही गरेको थियो ।

Leave A Reply

Your email address will not be published.