बैतडीका ३ स्वास्थ्यचौकीले गरे अनलाइन चिकित्सकीय सेवा सुरु

काठमाडौं– बैतडीका ३ स्वास्थ्यचौकीले अनलाइन चिकित्सकीय सेवा सेवा सुरु गरेका छन्। जिल्लाको सिगास गाउँपालिकामा रहेका गाँजरी स्वास्थ्यचौकी, शिवलिङ्ग स्वास्थ्यचौकी र थालाकाँडा स्वास्थ्यचौकीले अनलाइन चिकित्सकीय सेवा सुरु गरेका हुन्। गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनक धामीले गाउँपालिका र स्मार्ट हेल्थ ग्लोबलबीच भएको सम्झौता अनुसार अनलाइन चिकित्कसीय सेवा सुरु भएको बताए।

उनले बिरामीहरुलाई अनलाइनमार्फत प्रत्यक्ष कुराकानीसहित उपचार सेवा प्रदान गर्ने गरिएको बताए। अनलाइन सेवा अन्तर्गत चिकित्कसीय परामर्श, आवश्यक प्रेस्क्रिप्सन लगायतका सेवाहरु सञ्चालन गरिएको बताइएको छ। दुर्गम क्षेत्रका नागरिकलाई अनलाइनमार्फत प्रदान गरिने चिकित्सकीय सेवाले सहज हुने शिवलिङ्ग स्वास्थ्यचौकीका प्रमुख भीमसिंह ऐरले बताए। गाँजरी स्वास्थ्यचौकीमार्फत ६ सय जनाले अनलाइन चिकित्सकीय सेवा लिइसकेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.