काठमाडौं– कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ बालुवाघाट र टिकापुर नगरपालिका–८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५८ हजार ६८० मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको चिनी, साबुन, बच्चाको खेलौना, खाने तेल, सुटपिस, धोती, ब्लाउज, कुर्ती, साडी, दोपट्टा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ६ हजार २८५ मूल्य बराबरको सामान बरामद गरेको छ। उक्त स्थानबाट सुटपिस, थान कपडा, बच्चाको खेलौना, कस्मेटिकका सामान, चियापत्ति, साबुन, खाने तेल, खुर्सानी, मसला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।