प्रहरी अधिकृतलाई ३० वर्षे सेवा अवधिका कारण अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाश दिने व्यवस्था तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

हरिप्रसाद फुयाँलको एकल इजलासले भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।

यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ । सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी तोक्न र अग्राधिकार दिन पनि भनेको छ ।

भदौ १६ गते अवकाश पाउन लागेका ९० मध्ये २१ जनाले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने व्यवस्थाविरुद्ध तत्काललाई उनीहरूले अन्तरिम आदेश माग गरेका थिए । यो आदेशले ९० जना प्रहरी अधिकृतले तत्कालका लागि ३० वर्षभन्दा बढी समय जागिर खाने अवस्था बनेको छ ।

हेर्नस् अदालतको आदेशको पूर्णपाठ-

Leave A Reply

Your email address will not be published.