दार्चुला- गौरा पर्वको उपलक्ष्यमा दार्चुलामा महिला देउडा प्रतियोगिता संचालन गरिएको छ । श्री नन्दी कलशा बडू स्मृति प्रतिष्ठान महाकाली नगरपालिका–५ दार्चुलाको आयोजनामा लटिनाथ मन्दिर चौडमा देउडा प्रतियोगिता संचालन गरिएको हो ।
मंगवार संचालन गरिएको देउडा प्रतियोगितामा मालिकार्जुन गाउँपालिका–२ बुडखुनाका द्रोपती धामी प्रथम हुनुभएको छ ।
यस्तै द्धितीय मालिकार्जुन गाउँपालिका–३ बसेडीकी पशुपति धामी, तृतिय मालिकार्जुन गाउँपालिका–२ गाडखोलाकी गुम्भा धामी र सान्त्वना स्थान गंगा धामी र कलावती धामीले प्राप्त गरेको मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनक सिंह धामीले बताए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने महिला देउडीाहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । प्रथम स्थान हासिल गर्ने महिला देउडीयालाई १० हजार ५ सय ५५ रुपैयाँ, द्धितीय स्थान हासिल गर्नेलाई ७ हजार ५ सय ५५, तृतीय स्थान हासिल गर्नेलाई ५ हजार ५ सय ५५ र सान्त्वना पुरस्कार वितरण गरिएको सचिव धामीले जानकारी दिए ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यततामा मालिकार्जुन गाउँपालिका–३ चौड मन्दिरमा देउडा प्रतियोगिता आयोजना गरिएको हो । उक्त महिला देउडा प्रतियोगितामा जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको विशिष्ट आतिथ्यता तथा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको आतिथ्यता रहेको थियो ।
प्रतिनिधि सभा सदस्य बडूका आमाबुवाको सम्झनामा देउडा प्रतियोगिता आयोजना गरिएको हो । महिला देउडा प्रतियोगिताको व्यस्थापन मालिकार्जुन मन्दिर विकास समिति, लटिनाथ कैलपाल समितिले गरेको थियो।