दार्चुला– दार्चुलामा खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट सोही वडाका राम बहादुर चन्द र लेकम गाउँपालिका–२ का शन्तोष जोशी खैरो हेरोईनसहित पक्राउ परेका हुन् ।
शुक्रवार दिउँसो शन्तोष जोशीको कोठाबाट ४ सय मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) फेला पारि उनीहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज प्रहरी निरक्षक किशोर ऐरीले जानकारी दिए ।
गत शुक्रबार मात्रै गोकुलेश्वरबाट तीन जनालाई ९ सय ८० मिलिग्रामसहित पक्राउ गरिएको थियो ।
सुदूरपश्चिमको कैलाली र कंचनपुर जिल्लामा भेटिने खैरो हिरोईन पछिल्लो समय हिमाली जिल्ला दार्चुलामासमेत भेटिन थालिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।