नौगाडमा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिकामा भिरबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ ईयरकोट सम्पाङ बस्ने ४२ वर्षीय उदैसिंह ठगुन्नाको मकै बारीमा आएका बादर धपाउने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको भिरबाट लडेका ठगुन्नाको घटनास्थलमै बुधबार (आज) विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.