काठमाडौं– डोटीमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका- ३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको उन्ने ओ डार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परी मृत्यु भएको हो ।
कौमती शनिबार माइती जान घरबाट हिँडेकी थिइन् । उनको माइतीघर आदर्श गाउँपालिका-६ सवखोलामा रहेको छ ।
कौमतीसँगै रहेकी उनकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएको ३ नम्बरका वडाका अध्यक्ष दीपेन्द्रप्रसाद पाठकले जानकारी दिए ।