दार्चुलाको गोकुलेश्वरबाट ६ लाख बढी मुल्यका अबैध समान बरामद

दार्चुला– दार्चुलाको गोकुलेश्वरबाट प्रहरीले ६ लाख बढी मुल्यका अबैध समान बिडी, सलाई र सुर्ती बरामद गरेको छ ।

शनिबार बिहान करिब बजे इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका – ९ गोकुलेश्वरबाट ६ लाख ३३ हजार बराबरको बिडी, सलाई र सुर्ती बरामद गरेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले बताए ।

गोकुलेश्वरबाट खटीएको प्रहरी टोलीले म १ ज २२० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट ल्याएका घोडा बिडी १९ पेटी, सलाई ४८ बण्डल र हाईक्लास सुर्ती ३ बोरा बरामद गरिएको प्रहरी निरीक्ष ऐरीले बताए । जीप चालक फरार रहेको र उक्त जीप प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.