दार्चुलाको धामीगाडामा जीप दुर्घटना २ जना घाइते

दार्चुला- दार्चुलाको धामीगाडामा जीप दुर्घट्ना हुँदा २ जना घाइते भएका छन् ।

आज मध्यान्ह १२:३० बजेतिर चालक ललित सिंह ठगुन्नाले चलाएको से–१ ज–१०२२ नम्बरको जीप मालिकार्जुन गाउँपालिका–८ धामीगाडामा दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीप दुर्घट्ना हुँदा जीपमा सवार १ जना महिला तथा १ जना पुरुष घाइते भएका छन् ।

एक जनाको टाउको मा र अर्का एक जनाको हातमा चोट लागेको छ। जीप दुर्घट्ना भएको खबर हुने वित्तिकै प्रहरी चौकी पस्तीबाट प्रहरीघट्ना स्थल तर्फ खटिगएको बताइएको छ ।

घाइते दुवै जनालाइ उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाएको शंकरपुर पस्ती चौकी इन्चार्ज शेर सिंह थापाले जानकारी दिए ।

दार्चुलाको शैल्यशिखर नगरपालिका -९ गोकुलेस्वर बाट सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो। दुर्घटनाको अनुसन्धान भइररहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.