दार्चुला जीप दुर्घटना अपडेट : १० जना घाईते

दार्चुला-दार्चुलाको धामीगाडामा जीप दुर्घट्ना हुँदा १० जना घाइते भएका छन् । आज मध्यान्ह १२:३० बजेतिर दार्चुलाको शैल्यशिखर नगरपालिका -९ गोकुलेस्वर बाट सदरमुकाम खलंगा जादैगरेको से–१ ज–१०२२ नम्बरको जीपमालिकार्जुन गाउँपालिका–८ धामीगाडामा अनियन्त्रित भएर सडक छेउको नालीमा खस्दा जीपमा सवार १० जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा मालिकार्जुन गाउँपालिका–८ थकतोली बस्ने अन्दाजी वर्ष ५० की मानमती जोशी, नौगाड गाउँपालिका–६ रैचुका ३४ वर्षीय धनजीत धामी, उनकी ९ वर्षीया छोरी सुन्तली धामी, शैल्यशिखर नगरपालिका–९ नाइलकी ४५ वर्षीया राधा पार्की, उनका २० वर्षीय छोरा सुसिल पार्की, १४ वर्षीय आकाश पार्की र सोही ठाउँकी ६५ वर्षीया मानमती ओड रहेका छन् ।

यस्तै दुर्घटनामा भारतको धारचुला तपोवनका ३६ वर्षीय भुपेन्द्र भट्ट, उनकी ३२ वर्षीया श्रीमती पार्वती भट्ट, ९ वर्षीय छोरी तनुजा भट्ट घाइते भएका छन् । घाइते मध्ये ९ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका आकाश पार्की भने उपचारपछि घर फर्किसकेको बताइएको छ । जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.