सामुदायिक रेडियो लिपुलेक चौथो बर्षमा प्रवेश

दार्चुला– ‘समृद्धि नेपाल निर्माणका लागि सन्चारमा हाम्रो आवाज’ भन्ने मुलनाराका साथ दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाज ग्रामिण क्षेत्र बाट १०० वाट क्षमताका साथ प्रशारण सुरु गरेको सामुदायिक रेडियो लिपुलेक ९९.६ मेगाहर्ज आजबाट चौथो बर्षमा प्रबेश गरेको छ ।

२०७८ साल असोज १ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । अद्दितिय राष्ट्रिय बिकास संगठन द्वारा सन्चालित एक सय वाट क्षमता भएको यस रेडियोले अहिले दैनिक १८ घण्टा प्रशारण गर्दै आएको छ ।

यश रेडियोको तरङ्ग दार्चुला, बैतडी, डडेल्धुराको केही भुभाग बझाङका केही ग्रामीण क्षेत्र लगाएत भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ सम्म सुन्न सकिन्छ । रेडियोको पहुँचमा लाखौं श्रोता रहेका छन् ।

सुचनाको पहुँचबाट टाढा भएकाहरुलाई सुचनाको पहुँच भित्र ल्याउने उद्येश्यले देवभुमी मालिकार्जुनको पुण्यभुमी बाट यश रेडियोको स्थापना भएको हो ।
आवाज विहिनका आवाजलाई बुलन्द गर्दै रेडियोले समाचारमुलक,जन चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैे आइरहेको छ । १८ घण्टा प्रशारण हुने रेडियोमा कतिपय समाचार भने राष्ट्रिय स्तरका न्युज नेटवर्कको सहकार्यमा प्रशारण भईरहेका छन् । पछाडि पारिएका वर्ग क्षेत्र र समुदायलाई संचारका माध्यमबाट मुल प्रवाहमा समाहित हुन अभिप्रेरित गर्ने यश रेडियोको उद्धेश्य रहेको छ ।

यस्तै मानव अधिकार, सामाजिक न्याय, सुशासन, शान्ति स्थापनमा सहयोग गर्ने, कला, संस्कृतिको संरक्षण गर्ने, पर्यटन विकासमा योगदान पुर्याउने, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, वैज्ञानिक कृषि प्रणालीलाई जोड दिई आम सर्वसाधारणको सम्वृद्धिको लागि त्यस प्रकारका कार्यक्रमहरुलाई रेडियोले महत्वका साथ प्रशारण गर्दै आईरहेको छ ।

रेडियो चौथो बर्षमा प्रवेश गरेको अबसरमा रेडियोका अध्यक्ष मोहन सिंह धामीले गौरबमय यात्रामा साथ दिनुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नु भएको छ । कार्यक्रममा अध्यक्ष धामीले रेडियो प्रसारण गर्नु नै रेडियोको सर्बोपरी उद्देश्य भएकोले आगामी दिनहरुमा पनि श्रोताको चाहना अनुरुप अगाडी बढ्ने प्रतिबद्दता गर्नुभयो ।

रेडियो कुनै ब्यक्ति बिशेष वा राजनैतिक दलको पक्षपोषण गर्न नभइ आम नागरीकको साझा आवाज बनेर अगाडी बढीरहेको प्रबन्ध निर्देशक गणेश सिंह धामीले बताए ।

स्थानीय तह हरुले कुनै किसिमको सहयोग नगर्दा रेडियो सन्चालनमा निक्कै समस्या भोग्नुपरेको निर्देशक धामीले गुनासो गर्नुभयो । कहिँ कतै बाट सहयोग नभएकोले रेडियोको आर्थिक अवस्था कमजोर पर्दा आफ्नो ब्यक्तिगत कमाई बाट कर्मचारीहरुको तलब दिनुपर्ने बाध्यता रहेको जानकारी दिए ।

सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक, खेलकुद, कृषि,साहित्य , सामाजिक विकृति र दुर्व्यसनी विरुद्ध का कार्यक्रम आदि उत्पादन गरि समाजलाई सूचित गराइएको रेडियोका स्टेशन म्यानेजर गोबिन्द सिंह धामीले बताए। स्टेशन म्यानेजर धामीले मनोरञ्जनात्मक कार्यक्रमहरु निर्माण गरेर स्रोताहरुलाई सन्तुष्टी पार्न प्रयासरत रहिरहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका नेता तथा शैल्यशिखर नगरपालिकाका निबर्तमान नगरप्रमुख अमर सिंह धामीले बिगतमा पनी रेडियो सन्चालनमा सहयोग गरेको र भबिस्यमा पनि सहयोग गर्ने बाचा गर्नुभयो ।

रेडियोले स्थानीय स्तरका समस्यालाई जनता माझ ल्याउने र सरोकारवालाको ध्यानाकर्षण गराउने भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

निबर्तमान मेयर धामीले रेडियो स्थापनाकालमा आफ्नो ब्याक्तिगत तर्फबाट फिर्ता नहुनेगरी रेडियो लाई ४ लाख ५० हजार बराबरको सोलार ब्याट्री उपलब्ध गराएको थियो।

शैल्यशिखर नगरपालिका–६ का वडा अध्यक्ष जगदिश सिंह धामीले रुपान्तरणको मुख्य आधार मिडिया जगत रहेको बताउदै सुसंस्कृत, सभ्य समाज निर्माणमा रेडियोको निर्णायक भुमिका हुने हुंदा निश्पक्ष र सत्यमा आधारित सुचना,समाचार सम्प्रेषण गर्नुपर्ने कुरामाथि जोड दिनुभयो । धामीले विकासका हरेक क्षेत्रमा रेडियोको प्रभावकारी भुमिका हुनुपर्ने भन्दै सहयोग गर्न आफुहरु तयार रहेको बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.