गगनलाई धन्यवाद दिँदै देउवाले भने-रवि लामिछाने चलाख मान्छे रहेछन्, मैले पत्याएकै थिइनँ

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको उद्घाटन गर्दै ठगीबारे महामन्त्री गगन थापाले उठाउँदा विश्वास नलागेको भएपनि अहिले पुष्टि भएकाले धन्यवाद दिए ।

उनले भने, ‘रवि लामिछाने चलाख मान्छे रहेछन् । मलाई त छक्कै पार्दिए, सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर ।’

उनले सहकारी प्रकरणको मुद्दामा महामन्त्री थापाले जितेको भन्दै धन्यवाद दिए । उनले अभियानको क्रममा पार्टीभित्र झगडा नगरी जिल्लामा राम्रो संगठन विस्तारमा लाग्न निर्देशन दिए ।

Leave A Reply

Your email address will not be published.