संसदीय समितिमा रविको बयान– कुनै सहकारीबाट ऋण मागेको छैन, निर्दोष छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले कुनैपनि सहकारीबाट ऋण माग नगरेको दाबी गरेका छन्।

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेका संसदीय विशेष समितिलाई बयान दिने क्रममा उनले आफ्नो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा नभएको बताएका हुन्।

‘अन्य कसैले गरेको बदमासीको जिम्मेवारी मैले लिनुपर्ने कुनै आधार म देख्दिन। मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन। मैले ऋण लिएको प्रमाण पनि छैन र ऋण लिएको पनि छैन, मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन,’ बयानका क्रममा रविले भनेका छन्, ‘मैले उल्लिखित सहकारीहरूमा ऋण माग गरेको छैन, अभियोग पत्रहरूमा मैले ऋण लिएको पुष्टि भएको छैन, गैरकानूनी ऋण प्रवाहमा मेरो कतै संलग्नता छैन। म निर्दोष छु।’

उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई निकै जटिल बनाएको पनि बताएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.