जागृती युवा समाज सर्माेलीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

हुनैनाथ जात्रामा शान्ती सुरक्षा कायम गर्न प्रहरी सङ्ग साझेदारि गर्ने

दार्चुला- जागृती युवा समाज सर्माेलीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार जिल्लाको लेकम गाउँपालिका वडा १ सर्मोलीमा जागृती युवा समाजको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

तेस्रो बार्षिक साधारण सभाले महादेव साउँदको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती चयन गरेको छ । नया समितीको उपाध्यक्षमा पुष्कर सिह बिष्ट, सचिवमा नरेन्द्र रावल, कोषाध्यक्षमा गोमती भाट, सल्लाहकार सहयाेजकमा माधव सिंह साउँद चयन भएका छन ।

नया समितिले कार्तिक २४ गते राती अष्टमिको दिन लाग्ने हुनैनाथ जात्रामा सरसफाइ तथा रङ्गरोगन गर्ने , जात्राको दिन शान्ती सुरक्षा कायम गर्न प्रहरी सङ्ग साझेदारि गर्ने र विभिन्न सामाजिक कार्य गर्ने लेकम गाउँपालिका वडा नम्बर १ का केही विद्यालयहरुमा हस्तलेखन सुधार गर्न प्रशिक्षक ल्याउने सहितका निर्णय गरेको समाजका अध्यक्ष महादेव साउँदले मालिकार्जुन खबरलाई बताए ।

जागृति युवा समाज सर्माेलीले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ।

1 Comment
  1. मालिकार्जुन खबर says
Leave A Reply

Your email address will not be published.