दुहुँ–५ मा मतदान सकियो, ६९ प्रतिशत मत खस्यो

दार्चुला– दुहुँ गाउँपालिका–५ मा वडा अध्यक्ष पदको लागि भएको निर्वाचनमा झण्डै ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६८.९४ प्रतिशत मत खसेको हो ।

बिहान ७ः१० बजेदेखि मतदान सुरू भएको थियो । दुहुँको दुर्गा आधारभूत विद्यालय गरमोराको क र ख मतदान केन्द्रमा ४०१ पुरूष र ४७६ महिला गरि कुल ८७७ जनाले मतदान गरेको मतदान अधिकृत विष्णु प्रसाद अवस्थीले बताए ।

दुहुँ गाउँपालिका–५ मा एक हजार दुई सय ७२ मतदाता छन् । वडाअध्यक्षको लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएको थियो । मतदानमा मतदाताको उत्साहपूर्ण सहभागीता रह्यो ।

Leave A Reply

Your email address will not be published.