काठमाडौं– मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए ।
यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् । यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।
ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।
Comments are closed.