दार्चुला । दार्चुलामा प्रहरीले ७१ हजार ७ सय ७५ रुपैयाँ नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ।
शनिबार अपराह्न जिल्लाको शैल्यशिखर नगरपालिका–९, गाजरीस्थित सुदर्शन खुद्रा पसलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ परेकाहरूको साथबाट ७१ हजार ७ सय ७५ रुपैयाँ नगद र तास बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले गोप्य राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
